कांग्रेस सांसद अफताव आलम प’क्राउ
काठमाण्डौ । सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको उज्यालो अनलाईनमा खबर छ । रौटहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार बिहान रौतहटको राजपुर फरदवा गाउँपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०६४ चैत २७ राति भएको बम विस्फोटमा संलग्न भएको अभियोगमा आलमलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बम विष्फोटमा परेका आठजना अझै सम्पर्कविहीन छन् । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आलमलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।


