धनकुटाको विकास लागि सबै पाटी एक भएर लाग्नुपर्छ : धनकुटेली नेताहरु
धनकुटा खबर, २६ असोज । धनकुटाको बिकास र समृद्धिको लागि सबै पाटी एक भएर लागे मात्र बिकास र समृद्धि आउने धारण धनकुटाका क्रियाशिल राजनैतिक दलका नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस धनकुटाले आज आफ्नो पाटी कार्यलयमा गरेको बडादशै, दिपावली, नेपाल सम्वत, छठ, मंसिरे चाड लगायतको चाड पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमा नेताहरुले यस्तो बताएका हुन् ।
नेताहरुले हरेक राजनैतिक परिवर्तनमा एक भएर लागेका सबै शतिm अव धनकुटाको बिकास र समृद्धिको लागि समेत एक हुन आवश्यक रहेको बताए । कार्यक्रमा बोल्दै संविधान सभा सदस्य एवम् नेपाली कांग्रेस धनकुटाका निवर्तमान पाटी सभापती मनोहर नारायण श्रेष्ठले कांग्रेसले सरकारका सबै राम्रा कामको समर्थन गरे पनि सरकारले कांग्रेस लाई आफ्नो प्रमुख शत्रु मानेकोले अहिले हरेक क्षेत्रमा समस्या र अराजकता फैलिएकोले सरकार सच्चिन आवश्यक रहेको बताए ।

जिल्ला समन्यय समिती धनकुटाका प्रमुख टंक चौहानले एक पाटीले अर्कापाटी लाई शत्रु होईन प्रतिस्र्धीको रुपमा लिन आवश्य रहेको बताए । त्यस्तै प्रदेश सभा सदस्य लिला सुब्बा, कुसुम श्रेष्ठले समाजिक पर्वहरुले नेपाली लाई एकताको शुत्रमा बाधेको धारण राखेका थिए ।
त्यस्तै प्रदेश सभा सदस्य निरन राईले सबै चाडहरुले नेपालीहरुमा सुख शान्ति दिन सकोस भन्दै धनकुटाका राजनैतिक दलमा रहेको एकताको सन्देश सबै तिर हुन आवश्यक रहेको बताए । प्रदेश सभा सदस्य एवम् न्याय तथा विधायन समितीका सभापती इन्द्रिमणी पराजुलीले नेपाली कांग्रेस मेलमिलापको लागि इतिहास बोकेको पाटीले भएकोले जनता लाई निरासाबादी होईन आशाबादी बनाउन भूमिका खेल्न आवश्यक रहेको बताए ।
कार्यक्रमा नेपाली कांगे्रस धनकुटाका कोषध्यक्ष दिनेश राई, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, संघिय लिम्बुवान परिषदका नेता चन्द्रसिंह लिम्बु, जनमोर्चा धनकुटाकी सचिब कोपिला शंकर, राष्टिय प्रजातान्त्रिकका नेता मीनबहादुर कार्कि, समाजबादी पाटकिा जिल्ला अध्यक्ष बलबहादुर राई, लगायतले चाडपर्व लाई तडक भडक भन्दा पनी आफ्नो हैसेत अनुसार मनाउन आवश्यक रहेको भन्दै सबै लाई चाड पर्वले सुख शान्तिको मिलोस भनने कामना गरेका थिए ।
कार्यक्रमा नेपाली कांग्रेसका नेता कार्यकर्ता , सरकारी कार्यलयका प्रमुख प्रतिनिधी नेपाली कांग्रेस संग आवद्ध संघ, संस्था, यूनियन लगायतका पदादीकारी प्रतिनिधी हरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस धनकुटाका सभापती अग्नीप्रसाद पौडेलको सभापतीत्वमा भएको कार्यक्रमको संचालन सचिव विजयसन्तोषी राईले गर्नु भएको थियो ।


