कांग्रेसको चियापान समारोहमा प्रचण्डले ‘राजनीति यस्तै नै हो’ भनेपछि… (भिडियो सहित)

काठमाडौं, २६ असोज । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुगेर नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति सम्भावनाको खेल भनेपछि उपस्थिति दिर्घाबाट हाँसोको फोहोरा छुटेको थियो । कार्यक्रममा सम्बोधनको क्रममा अध्यक्ष दाहालले नेपालमो चियापान आदानप्रदान शुभकामना कार्यक्रमको सुरुवात नेपाली कांग्रेसबाटै भएको सुनाए ।

उनले भनेका थिए,:यो चियापान कार्यक्रमको सुरुवात कांग्रेसले नै गरेको हो । र, अहिले यो राष्टिय राजनीति संस्कृतिजस्तै गरि स्थापित भएको छ । सबैले शुभकामना आदानप्रदानमार्फ हाम्रो संस्कृति, ऐतिहासिकता, हाम्रो राजनैतिक सहकार्यको चरित्रलाई अझै ठूलो माध्यम बन्न गएको छ । मैले यो शुभकामनालाई परिवर्तनको शक्तिका बीचको शुभकामना आदानप्रदान कार्यक्रम मानेको छु । जसको सुरुवात तपाईहरुले गर्नुभएको छ । यो पटक तपाईहरुले अझै व्यवस्थित् गर्नुभएको छ ।”

दाहालले आफू चियापानको लागि कांग्रेस पार्टी कार्यालय आउँदै गर्दा कांग्रेस नेता तथा कार्यकर्ताहरुको मनोबल बढ्दै गरेको बताउँदा उपस्थित् नेता तथा कार्यकर्ताहरुबीच हाँसोको फोहोरा फुटेको थियो । तर, प्रचण्डले ती नेता तथा कार्यकर्ताहरुलाई ईतिहास र निष्ठाप्रतिको लगाव देखेकोमा आफू खुशी रहेको बताए । प्रचण्डले सम्बोधनकै क्रममा राजनीति यस्तै नै हो भनेपछि कांग्रेस नेता तथा कार्यकर्ताहरु हाँसेका थिए । प्रचण्डले थपे,”मैले भन्ने गरेको छु राजनीतिमा असम्भव भन्ने केही पनि छैन् । असम्भव देखिने कुरा पनि राजनीतिक नेतृत्व र पार्टीहरुबीचको सहकार्यले सम्भव तुल्याउन सकिन्छ । यसको ठूलो उदाहरण दिवंगत गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरुवात गरेको शान्ति प्रक्रिया हो ।”

कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायतका नेताले स्वागत गरेका थिए । कार्यक्रम दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा (माले) का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका थिए ।

शीर्ष नेताहरुले दशैँलगायत पर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुका साथै सञ्चारकर्मीको जिज्ञासामा समसामयिक राजनीतिक विषय र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण सफल भएको सम्बन्धमा समेत आफ्ना धारणा व्यक्त गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।