५ बालबालिकाको ज्या’न लिने नरभ’क्षी चितुवा मा’र्न निर्देशन (भिडियो सहित)

तनहुँ । मानिस तथा घरेलु पशुचौपायलाई पटक पटक आक्रमण गर्ने न रभक्षी चितुवालाई मा र्न निर्देशन दिइएको छ । न रभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्या न लिएको छ ।

भानु नगरपालिका १, २, ३ र ४ नम्बर वडाका बालबालिकाको ज्या न लिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मा र्न नि र्देशन दिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालय तनहुँमा बुझाउन प्रहरीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिका क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढेपछि नियन्त्रण गर्नका लागि अग्रसरता देखाएको छ । चितुवाले आक्रमण गर्ने स्थानको पहिचान गरी खोर निर्माण गर्ने, आक्रमण गर्ने ठाउँहरुमा शिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जन समुदाय, डिभिजन वन कार्यालयको संयुक्त रुपमा गौडा कुर्ने व्यवस्था मिलाइएको छ ।

भानु नगरपालिकाको झाडी क्षेत्रहरूमा सरसफाई, सडक वरपर झार काट्ने काम गरिएको नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । गौलीको अध्यक्षतामा आइतबार बसेको बैठकले नगर क्षेत्रको हरेक वडाका झाडी क्षेत्रको सरसफाई, बालबालिकालाई अभिभावकले हेरचाह गर्न समेत अनुरोध गरिएको छ ।

नरभक्षी चितुवाले २०७४ फागुन १ गते भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कार्तिक २९ गते जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १९ गते ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भकुण्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाको ज्यान लिएको छ ।

गाउँ, वस्तीहरू जंगलसँग जोडिएकाले गर्दा पनि वन्यजन्तुको जोखिम बढी भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख डिभिजन वन अधिकृत केदार बरालले बताउनुभयो । वन्यजन्तुसँग मानिस आफैं सचेत हुनुपर्ने अवस्था रहेको बरालले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।