म्यानमार र जापानको राजकीय भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र जापानको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

उहाँले असोज २९ गतेबाट म्यानमार र कार्तिक ३ गतेबाट जापानको राजकीय भ्रमण गर्न लाग्नु भएको हो । म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा उहाँको कार्तिक ३ गतेसम्मको पाँच दिनको भ्रमण हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

म्यानमारकी स्टेट काउन्सीलर आङ सान सूचीले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । म्यानमारबाट उहाँ सिधै जापान जाने कार्यक्रम छ । जापानी सम्राट नारोहितोको राज्यारोहण समारोहमा सहभागी हुनका लागि उहाँ जापान जान लाग्नुभएको हो ।

कात्तिक ५ गते हुने नारोहितोका राज्यारोहण समारोहमा उहाँ सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖