प्रधानमन्त्री ओली अजरबैजान जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा हुने कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन जाँदै हुनु हुन्छ ।
आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन (नाम) सुरु गरेका हुन्। आउँदो कार्त्तिक ७ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ। नेपाल नामको संस्थापक सदस्य राष्ट्र पनि हो ।
नाम सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागीसहितको सहभागिता रहनेछ। असंलग्न आन्दोलनले पंचशिलका अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान जनाउने गरेको छ। यसैगरी, यो अभियानले आपसी आर्थिक तथा सांस्कृतिक सहयोगको आदानप्रदान गर्दै आएको छ।


