महरालाई अदालत पेस गरिँदै

काठमाण्डौं, २८ असोज । ब लात्कार प्र यास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत पेस गरिने भएको छ ।

उच्च रक्तचापलगायतका स्वास्थ्य समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महराको स्वास्थ्य सुधार भएपछि काठमाण्डौं जिल्ला अदालतमा पेस गर्ने तयारी भएको स्रोतले बतायो । महरालाई शुरुमा सरकारी वकिलसमक्ष बयानका लागि पेस गरिने र त्यसपछि अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

उता पीडित भनिएकी रोशनी शाहीको कोठामा भेटिएको फुटेको चश्मा, जुत्ताको तलुवा, रक्सीको बोतल तथा गिलासको पहिचान गर्न महराको डीएनए परीक्षण तयारी गरेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।