बुद्ध एयरको काउन्टर तो’डफोड गर्ने सांसद साहवि’रूद्ध प’क्राउ पूर्जी जारी

जनकपुर । जहाज डिले भएको झोकमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तो डफोड गर्ने प्रतिनीधिसभाका सांसद प्रमोद साहविरूद्ध जिल्ला अदालत जनकपुरले प क्राउ पूर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार प क्राउ पूर्जी जारी गरेको हो। काठमाडौंमा रहेका सांसद साहलाई प क्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको छ । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार सांसद साहलाई प क्राउ गर्न पत्र काठमाडौं पठाउने प्रकृया थालिएको छ ।

नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साह विरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए । एसपी खनालले सांसद साहलाई पक्राउ गरेर धनुषा प्रहरीको जिम्मा लगाएपछि कार्वाहीको प्रकृया अगाडि बढाइने बताए ।

सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अ भद्र व्यवहार गरेका थिए। समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अ भद्र व्यवहार गरेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।