मन्त्रिमण्डल पू’नर्गठन ह’ल्लामात्रै : प्रधानमन्त्री

काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठनको हल्ला चलिरहने तर त्यसमा कुनै सत्यता नभएको जिकिर गरेका हुन् ।

उनले भने,‘मन्त्रिमण्डल पूनर्गठनको हल्ला चलिरहन्छ । यो हुनपनि सक्छ । नहुनपनि सक्छ । मन्त्रिमण्डल हेरफेर त आवश्यकत्ता हेरेर हुन्छ ।’ उनले मुलुकमा धेरैपछि राजनीतिक स्थायित्व प्राप्त भएकोले जनताको आकांक्षाअनुसार विकास र समृद्धि हाँसिल गर्नको लागि सबै मिलेर जाने पनि विश्वास दिलाए ।

उनले भने,‘अब मुलुकमा विकास हुन्छ । सुशासनपनि कायम हुन्छ । सरकारलाई अन्तर्राष्ट्रिय क्षेत्रले यत्रो समर्थन गरेको छ । नेपाली नजताले त समर्थन छँदैछ । ’ ओलीले अब देशमा कायापलट हुने बताए । ‘विकासको यात्रामा मुलक अघि बढिसकेको छ ।’–उनले थपे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।