अ’राजकता फै’लाउनेमा पार्टीका समर्थक र शुभचिन्तक नै लागेको प्रचण्डको आ’रोप
कसैले हल्लाएर हल्लिने स्थिति छैन
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता–कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महान यात्रामा कहीँ–कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैंबाट हुने विचार व्यक्त गर्नुभएको छ।
बिहीबार भरतपुरमा नेकपा चितवनले विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तनमा कहीँ–कतैबाट खतरा नभइ हामी आफैंबाट खतरा हुनसक्ने बताउनुभयो । ७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व हो हामी बिग्रियौं भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन, सजिलै सोभियत संघजस्तै खतरा हुन्छ ।’उहाँको भनाइ छ ।
कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन पछिल्लो समय आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको उहाँले बताउनुभएको छ । दाहालले कहिले–काहीँ क्रान्तिको केन्द्र ठीक ढंगले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताउनुभयो ।
प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उनले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले समाजमा विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति रहेको बताउदै उनीहरुका विरुद्ध संघर्ष गर्न सबै एकजुट हुन जरुरी छ रहेको बताउनुभयो । सरकारले नयाँ लक्ष्यप्राप्तिका लागि नयाँ ढंगले अभियान सन्चालन गरेको भन्दै उहाँ नेपाललाई नयाँ उचाइमा पुर्याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश नम्बर–३ का सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश नम्बर–३ का अध्यक्ष नारायण दाहाल, नेपाली कांग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।


