का’मदारको न्यू’नतम तलब तोक्ने कतार खाडीको पहिलो मुलुक : नेपाली कामदारको तलव क’म्तीमा पनि ९०० रियाल हुने

दोहा । कतार सरकारले विदेशी का’मदारको न्यु’नतम तलव तोक्ने नयाँ का’नुन पारित गरेसँगै नेपाली का’मदारको तलव बढ्ने भएको छ।

आगामी जनवरीदेखि लागु हुनेगरी कतार मन्त्रिपरिषद्ले बुधवार न्युनतम तलव लागू गर्ने का’नुन पास गरेको हो। यो नि’र्णयसँगै अब कतारमा स्वदेशी का’मदार सरह विदेशी का’मदारहरुले पनि सेवा सुविधा पाउने भएका छन्।

विगत लामो समयदेखि विचाराधिन उक्त का’नुन कार्य’न्वयनमा आउने भएपछि कतारमा का’मदार भिसामा गएका ३ लाख ५० हजार नेपालीले प्रत्यक्ष लाभ पाउने भएका हुन्।

कतारमा हाल अ’दक्ष का’मदारको तलव मासिक ९ सय कतारी रियाल रहेको छ । तर नेपालबाट जाने का’मदारले ७ सय ५० रियाल मात्रै पाउँदै आएका छन् । ‘यो का’नुन कार्यन्वयनमा आउने वित्तिकै नेपाली का’मदारले न्यु’नतम ९ सय रियाल तलव पाउने छ्न’ बै’देशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले काठमाडौं प्रेससँग भने । यो अहिले नेपाली का’मदारहरुले पाउदै आएको तलवमा १ सय ५० रियाल बढि हो।

जनवरीबाट कम्तिमा अ’दक्ष का’मदारको तलव झन्डै ५ हजार रुपैयाँ बढ्ने समेत अध्यक्ष गैरेको भनाई छ । त्यसका साथै खाना खर्च र ओभरटाइम समेत पाउने भएकोले अ’दक्ष का’मदारको कमाई समेत कतारमा अव नेपाली ५० हजार रुपैयाँको हाराहरी पुग्ने गैरेको भनाईछ।

९ सय रियाल र खाना खर्च जोडेर पाउने भएकोले नेपालीहरुका लागि झनै आर्कषक श्रम गन्तव्य कतार हुने उनको बुझाई छ । न्यू’नतम तलब न’तोक्दा नेपाली काम’दारले कम्पनीसँग स’म्झौता गरे अनुसारको तलब नपा’उने गरेका थिए । भने अनुसारको तलव नभएर गु’नासो गर्दा पनि का’नुन नहुदा नेपालीहरु स’मस्यामा पर्दै आएका थिए।

नयाँ का’नुन पारित भएसँगै का’मदारको न्यू’नतम तलब तोक्ने कतार खाडीको पहिलो मुलुक भएको छ। ‘कतार सरकारले न्यू’नतम तलब तोकेपछि नेपाली का’मदारहरु फाइदामा हुनेछन्, यसले का’मदार ठ’गीने स’म्भावना पनि घ’टाउने छ,’ अध्यक्ष गैरेले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।