मन्त्रिमण्डल पूनर्गठन हुँदैन, फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन : प्रचण्ड

कैलाली, १ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।

पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे हल्ला चलिरहेको बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति आएको हो । उनले मा तत्काल कुनै फेरबदल हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘यति जना मन्त्री फेरिने, यी यी आउने भए रे भनेर गरिएका हल्लामा कुनै सत्यता छैन् ।’

त्यस्तै, उनले प्रधानमन्त्री ओलीले चाहे मन्त्रिमण्डल फेरबदल ठूलो विषय नभएको र हुनसक्नेपनि तर्क गरे । उनले भने,‘यो विषय प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्छ, यसबारेमा मलाई प्रश्न नगर्दा नै राम्रो हुन्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।