वडा अध्यक्षको व्यक्तिगत लगानीमा सडक स्तरोन्नति

तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजार-खाम्लालुङ सडकखण्ड व्यक्तिगत लगानी स्तरोन्नति भएको छ । आठराई गाउँपालिका-२, खाम्लालुङका वडा अध्यक्ष दिलकुमार पाहिमको व्यक्तिगत लगानीमा १३ किलोमिटर सडक स्तरोन्नति भएको हो ।

आठराई-म्याङ्लुङ सडक अन्तर्गत संक्रान्तिबजार देखि खाम्लालुङ छोटिबजार हुदै कोयाखोला खण्डको स्तरोन्नति गरिएको वडा अध्यक्ष पाहिमले बताउनुभयो । कच्ची सडक भएकाले वर्षायाममा यस क्षेत्रमा सवारीसाधन आवतजावतमा कठिनाइ हुदा स्थानीयलाई सास्ती हुदै आएको थियो ।

वडा अध्यक्षले सडकको स्तरोन्नति गरेपछि स्थानीय र सवारीसाधन चलाउन सहज भएको स्थानीय विष्णु खनालले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।