ब’यानको कुरा ग’र्ने बि’त्तिकै महरा बि’रामी
काठमाडौं । संसद सचिवालयको कर्मचारीमाथि ब लात्कारको प्र यास गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा बयानको कुरा गर्ने वित्तिकै बिरामी हुने गरेका छन् ।
आफ्नो रक्तचाप र छाती दु ख्ने समस्या बढेको भन्दै हाल नर्भिक अस्पतालमा रहेका उनलाई एन आइसियुबाट सिसियुमा सारिएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट अस्पताल भर्ना भएका महरा बयानको कुरा आउने विक्तिकै बिमारी पर्ने गरेका कारण हालसम्म उनको बयान लिन नसकिएको प्रहरी स्रोतले जनाएको छ ।
स्वास्थ्यका कारणले महराले आफु अहिले बयान दिन सक्षम नरहेको बताउदै आएको जनाइएको छ । बयान लिएरै छोड्ने अठोट लिएको प्रहरी महराको अवस्थामा सुधारको पर्खाइमा रहेको देखिन्छ । महरा विरुद्ध किटानी जाहेरी दिने महिलाको भने पटक पटक बयान लिएको छ ।


