शताब्दी पुरुष सत्यमोहन जोशी अभिनन्दित

संस्कृतिको संरक्षण र शिक्षाको विकासबाट मात्र मुलुक परिवर्तन सम्भब

काठमाडौं । काठमाडौको नेपाल आदर्श बिद्यार्थी परिवारले शनिबार गरेको अभिनन्दन तथा विद्यालयका भूतपूर्व प्रधानाध्यापक हरिशंकर श्रेष्ठको प्रतिमा अनावरण कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृतिको संरक्षण र शिक्षाको विकासबाट मात्र मुलुकको परिवर्तन सम्भव हुने बताउदै शिक्षालाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

संस्कृतिको संरक्षण नगरिए राष्ट्रिय पहिचान संकटमा पर्ने भएकाले कला, संस्कृति, भाषा र साहित्यको संरक्षण आवश्यक रहेकोमा पनि जोड दिनुभयो । उहाँले भूतपूर्व प्रधानाध्यापक हरिशंकर श्रेष्ठ शैक्षिक मात्र नभई सामाजिक अभियान्ता भएको बताउनुभयो ।

कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरीएको थियो । नेपाल आदर्श विद्यालय परिवारले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई अभिनन्दन पनि गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖