यसकारण भारतको विहारसँग जोडिएको झापालगायतको सीमा नाका २ दिन ब’न्द
झापा । आज शनिवार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म भारतको विहारसँग जोडिएको झापालगायतको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुन लागेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
विहार राज्य स्थित किशनगञ्ज जिल्लामा अक्टोबर २१ तारिख अर्थात कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचन हुँदैछ । त्यहि उपनिर्वाचनलाई मध्यनजर गरी भद्रपुरसँग जोडिएको विहार बोर्डर ठप्प हुनेछ, भने बङ्गला बोर्डर खुल्ला रहने जनाइएको छ ।
भद्रपुरसँगै झापाको पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका पनि सिल हुने भएको छ । किशनगञ्जमा हुने उपनिर्वाचनलाई मध्यनजर गरी दुई साता अघि गलगलियामा नेपाल –भारतका सुरक्षा निकाय बिच बैठक बसेको थियो ।


