अबदेखी ठूलो आवाज बनाएर मोटरसाइकल चलाए का’रबाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण गराउँदै ठूलो आवाज बनाएर मोटरसाइकल चलाउने चालकलाई कारवाही गर्ने भएको छ ।

ठूलो आवाज बनाएर गुडाउने, गाडीको स्वरुप परिवर्तन गर्ने, लापरवाही रुपमा चलाउनेलाई कारवाही गर्ने अभियान थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम उक्त कार्य कानून विपरीत भएको उल्लेख गर्दै आइतबार एक सूचनामार्फत यस्ता गतिविधि नगर्न महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ ।

महाशाखाले मापसे गरेर सवारी चलाउने, लेन मिच्ने तथा अन्य ट्राफिक नियम उल्लङ्गन गर्ने विरुद्ध कारवाही गर्ने अभियान भने जारी रहेको जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖