स्वास्थ्य सचिव चौधरीले यसकारण दिईन रा’जीनामा !
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डाः पुष्पा चौधरीले सचिव पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्य मन्त्रालायका अनुसार चौधरीको राजीनामा स्वीकृत भने हुन बाँकी रहेको छ ।
विश्व स्वास्थ्य संगठनको भारतस्थित कार्यालयमा संगठनको पि फाइब लेभलमा जागिर खान जानकै लागि विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि डा चौधरीले राजीनामा दिएको बताइएको छ ।
चौधरीले राजीनामाबारे पटक पटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजीनामा स्वीकृतिमा आनाकानी भएको बताइएको छ ।


