‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका गायक दुर्गेश थापा प’क्राऊ

काठमाडौ । ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका गायक दुर्गेश थापा प क्राउ परेका छन् । तिहारलाई लक्षीत गरेर सार्वजनिक भएको उक्त गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापा विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उ जुरी परेको थियो ।

सोही उजुरीपछि उनलाई प क्राउ गरिएको महानगरीय अ पराध अ नुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिए । दुर्गेशलाई बालाजुबाट प क्राउ गरेर महाशाखा ल्याइएको एसएसपी सहकुल कुमार थापाले बताएका छन् ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँ जा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको हो । तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।