प्रहरीले धमाधम फाइल खो’ल्न थालेपछि काँग्रेस नेताहरुमा त्रा’स

काठमाडौं । महरा प्र करणलगत्तै नेपाली काँग्रेसका नेताहरुमाथि विगतमा लागेको मु द्दाका फाइल धमाधम खुल्न थालेका छन् । मोहम्मद अफताब आलमको १२ वर्ष अघिको ईंट्टाभट्टामा जि उँदै मान्छेलाई हालेको मु द्दाको फाइल खुलेलगत्तै देवेन्द्रराज कँडेलको दोहोरो नागरिकतासम्बन्धि छानविनको फाइल खुलेको हो ।

आलम र कँडेल दुवै काँग्रेसमा आ आफ्नो क्षेत्रमा प्रभावशाली हुन् । पूर्वमन्त्री आलम काँग्रेसले प्रत्यक्षतर्फ निकै कम सिट जित्दा पनि रौतहटबाट चुनाव जित्न सफल भए । उनी त्यस क्षेत्रमा प्रभावशाली छन् । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल नवलपरासीमा प्रभावशाली छन् । काँग्रेस कठिन समयमा हुँदा पनि उनले नवलपरासीको प्रदेश सांसदको चुनाव जितेका थिए ।

काँग्रेसको तल्लो तहको सांगठनिक प्रभाव राख्ने आलम र कँडेलमाथि कारबाही अगाडि बढाएपछि काँग्रेसवृत्तमा त रंग छाएको छ । आलमको विषयमा सभापति शेरबहादुर देउवाले समेत औंला ठड्याएका थिए । उनले पूर्वाग्रही भएर १२ वर्ष पुरानो मु द्दा उ ल्टाउन खोजेको आरोप लगाए । यसले वि वाद आएपछि विज्ञप्ति नै निकाले ।

कँडेलमाथि भारततर्फ विद्यालय व्यवस्थापन समितिको चुनाव लडेको विषय उठेको छ । यसले उनको दोहोरो नागरिकताको विषय चर्चामा आएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाएर का रबाहीको तयारी भएको छ ।

आलम र कँडेलपछि काँग्रेसका अन्य नेताहरुमाथि पनि कारबाही अगाडि बढाउने तयारी भएको छ । उनीहरु विवादमा परेको विषय र बन्द भएको मुद्दामामलाको फाइल खोल्न थालिएको छ ।

काँग्रेस उपसभापति विजयकुमार गच्छेदारमाथि ललिता निवासको जग्गा प्र करणमा छानविन अगाडि बढाइएको छ । अख्तियारले उनीमाथि छानविन अगाडि बढाएको छ । यसैगरी आलम प्रकरणमा तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पनि मुछिएको छ । उनीमाथि पनि चु नौती बढेको छ ।

काँग्रेसका प्रभावशाली नेता देखि क्षेत्रीय र स्थानीय तहमा प्रभाव रहेकाहरुमाथि सरकारले कारबाही अगाडि बढाउन थालेपछि उक्त पार्टीवृत्तमा कतिपय नेताहरु त्र सित भएका छन् । यसप्रति सभापति देउवालगायत प्रभावशाली नेताहरुलाई स तर्क रहन समेत भनिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।