मेयर हुनु त यस्तो जसले दिन रात नभनी विकासको मुहान फु’टाईरहेछन

विराटनगर ७ कार्तिक । मानिस जो कोहीलाई वा भनिदैन । जसले समाजमा केहि दिन्छ अथवा दिन खोज्छ उसको चर्चा अबश्य हुन्छ । समाज रुपान्तरणका लागि एउटै मानिस राम्रो भए पुग्छ ।

यस्तै ब्यक्तिलाई हामी वा यस्ता ब्याक्ति भनिरहेका छौ । ती हुन् विराटनगर महानगरका मेयर भीम पराजुली । उनको दैनिकी जव हामिले प्रत्यक्ष नियाल्ने मौका पायौ । विहान देखि राती सम्मको उनको खटाई । हामिपनि नतमस्तक भयौ । उनै पराजुली आज विराटनगरको विकासमा जुटिरहेका छन् । दिन होस या रातमा खटेर उनले देखाएको अग्रसरताले विकासको मुहान फुटिरहेको छ भन्दा फरक नपर्ला ।

एक दिन हैन हामिले महिनौ सम्म मेयर पराजुलीका गतिविधि नियाल्ने काम गरेका थियौ । उनले अहोरात्र विराटनगरको विकासमा देखाएको चिन्ता मात्रै पनि काफी छ । मेयर पराजुली भन्छन् विराटनगरको विकास मेरो मूल लक्ष्य हो । यसका अलवा शिक्षा र स्वास्थ्य क्षेत्रमा सम्झन योग्य काम गर्ने लक्ष्य उनको छ ।

अहिले विराटनगर बन्दै छ । धेरै ठाउँमा अझै पनि व्यवधानहरु छन् तर ती सवै बन्ने प्रक्रियामा छन् । विराटनगर महानगरमा सडक कालोपत्रे गर्ने काम तीब्र रुपमा अगाडी बढेको छ ।

नगरक्षेत्रमा सन्चालित आर.यु.डिपि आयोजना अन्तरगत कुल ७४.३ किलोमिटर सडक कालोपत्रे गर्नु पर्ने हो जस मध्ये ४५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ । ४० एम.एमको एसफल्ट कंक्रिट प्रयोग गरी सडक कालोपत्रेको कामलाई महानगरले द्रुतगतिमा अगाडी बढाएको छ । उक्त प्रविधि गुणस्तरको हिसाबमा बलियो र टिकाउ मानिन्छ ।

विकासका क्रममा नगरवासीहरुले भोग्नुपरिरहेको समस्या प्रति मेयर पराजुलीलाई चिन्ता छ । उनले केही महिना धैर्य गर्न आग्रह गर्दै आएका पनि छन् । विराटनगरका सवै बाटा चाढै बन्नेमा आम नगरवासीहरुलाई बिश्वस्त रहन पनि उनले आग्रह गरेका छन् । अहिले विराटनगरको सहिद मैदान ,बिरेन्द्रसभागृह हुदै कोशी अस्पताल अगाडी सम्म पीच गर्ने काम सकिएको छ । न्यूरो हस्पिटको बाटो र मेनरोड वजार क्षेत्रमा पीच गर्नका लागि अन्तिम तयारीमा रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।