सरकारले देशका सबै युवा परिचालन गर्ने

काठमाडौँ । सरकारले युवा परिचालनका लागि कार्यक्रम पहिचान गर्न युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको छ ।

सरकारले यस आर्थिक वर्षलाई युवा परिचालन वर्ष मनाउने निर्णय गरेसँगै युवालाई कसरी, कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्नका लागि समिति गठन गरिएको मन्त्रालयका युवा परिचालन तदर्थ परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

समितिमा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव रहेको समितिमा युवा तथा खेलकूद मन्त्रालयका सहसचिव र युवाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सदस्य रहेका छन् । उहाँका अनुसार समितिले आगामी मङ्सीर १५ गतेभित्र युवा परिचालन वर्षमा युवालाई कुन–कुन क्षेत्रमा परिचालन गर्ने भनेर प्रतिवेदन तयार पार्नेछ ।

समितिले तयार पारेको आधारमा नै युवालाई परिचालन गरिने सरकारको तयारी रहेको छ । उहाँले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा युवालाई परिचालन गरिने समेत जानकारी गराउनुभयो । ‘‘युवा आफैँले कुन–कुन क्षेत्रमा काम गर्न इच्छुक छन् । सोही आधारमा उनीहरुलाई परिचालन गरिनेछ’’ उहाँले भन्नुभयो,“ यस आर्थिक वर्षको कम्तीमा तीन÷चार महीना भए पनि युवालाई परिचालन गर्ने तयारी रहेको छ ।”

सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम र बजेटमार्फत युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन युवा परिचालन वर्षको रुपमा सरकारले मनाउने तयारी गरेको छ । सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाबाट युवा परिचालनमार्फत् लैङ्गिक, जातीय र छुवाछुतलगायत सामाजिक विभेद्को अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य, मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता कार्य गर्ने सरकारको तयारी रहेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।