समृद्धि र बिकासका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड

विराटनगर, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशलार्इ समृद्धि र बिकासको बाटोतर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएकाे छ ।

मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयाे, ‘अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ, पार्टीभित्रै नेताहरुबीच फुट सिर्जना गर्ने षडयन्त्र भइरहेको छ । ‘

उहाँले पार्टी एकतालार्इ बलियाे बनाएर मात्रै राष्ट्रलार्इ बलियाे बनाउन र समृद्ध नेपाल सुखी नेपालीकाे अाकांक्षा पुरा गर्न सक्ने बताउनुभयाे । अध्यक्षले बिचार मिलेर नै पार्टी एकता भएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामी अगाडि बढ्न खाेजीरहेका छाैं । अगाडि बढ्दा इतिहासलार्इ मेटेर हाेइन, इतिहासका राम्रा कुरालार्इ अात्मासात गरे अझ माथि उठ्ने हाे ।’ अध्यक्ष प्रचण्डले पार्टी एकताको रक्षा र पार्टी विधानको आधारमा चल्नुको बिकल्प नरहेको बताउनुभयाे ।

उहाँले यसअघिका अनुभवलाई आत्मसाथ गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने उहाँकाे भनार्इ थियाे । उहाँले एकतालाई आखाँको नानी जस्तै प्यारो मानेर अघि बढ्नुपर्ने भन्दै भन्नुभयाे, ‘अप्ठेरो छ, तर त्यही अप्ठेरोलाई चिर्दै अघि बढ्नुपर्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।