प्रचण्डलाई बाबुरामको प्रश्न,- आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई ओरिजिनल माओवादी होईन भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । हिजो विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको अभिव्यक्ति दिएका थिए ।

त्यसको भोलिपल्ट आज (शनिबार) पूर्व प्रधानमन्त्री डा. भट्टराईले ट्विट गर्दै यस्तो प्रश्न गरेका छन्,‘मेरा परम मित्र प्रचण्डलाई केही प्रश्नस् तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो ? यो तालले त कुनै दिन तपाईंले आफुलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला!किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो !

भट्टराईले थप भनेका छन्,‘पुष्पलाल ओरिजनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन! आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने? अनि आफुलाई चै म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ ! पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि?यसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।