यस्तो छ रौतहट ब’मकाण्डका घा’इतेको स’नसनीपूर्ण खु’लासा (भिडियो सहित)

काठमाडौं । २७ चैत २०६४ मा भएको रौतहट ब’मकाण्डका घा’इते पत्ता लागेका छन् । सांसद मोहमद अफताब आलम र उनका भाई महताब आलमले घ’टना नघटेको दाबी गरिरहँदा घा’इते सफी अहमदले घटनामा आफूले ज्या’न जो’गाएर भागेको स’नसनीपूर्ण खुलासा गरेका छन् ।

रिपोर्टर्स नेपालसँग सफी अहमदले घटनाबारे खुलासा गरेको भिडियो रेकर्ड समेत छ । भोजपुरी भाषामा बोलेको भिडियोमा उनले आफू ब’मकाण्डमा कसरी घाइते भएँ भनेर खुलाएका छन् । घटनाको बखत ब’म तयार भइरहेको टहराको ढोकामा उभिएको बताए ।

ब’म बनाउनेलाई नास्ता ल्याउन भनिएपछि आफू सोध्न गएको बताए । उनले भने,‘नास्ता ल्याउने हो भनी सोध्न जाँदा काम सक्किएपछि खाउँला एकछिन पख भने ।’ यत्तिकैमा आफू एकछिन ढोकामा उभिएको सुनाउँदै एक्कासी बम पड्किएको बताए । उनले भने,‘एक्कासी ब’म प’ड्किएर भागदौड मच्’चियो, म छक्क परें ।’ ब’म कसरी एक्कासी पड्कियो भन्नेबारे समेत जान्ने कुनै समय नै नपाएको बताए ।

पेटबाट र’गत बग्न थालेपछि पटुकाले बेरेर भागेको उनको भनाई छ । उनले भने,‘म पटुकाले पेट बाँधेर भागेपछि मेरो मालिकले भारतको मोतिहारीमा उपचार गराए ।’ मोतिहारीमा डा. तवरेज आलमको क्लिनिकमा चार महिनासम्म उपचार गराएको सुनाए । उनले भने,‘ब’म लागेको १९ दिनपछि मात्र मेरो हो’स खुलेछ ।’

घ’टनाका प्रत्यक्षदर्शी तथा घाइते सफी अहमद चरुवाको काम गर्थे । गाइगोरु सीमापारी पुर्याउने काम गर्ने उनी अफताबका काका शेख जनरैल कहाँ पुगेका थिए । गाइगोरुको लाइन मिलाएर लाने गरेको र त्यस दिन सशस्त्र प्रहरीले रोकेपछि भारतमा रहेका आफ्ना मालिकमार्फत् लाइन खुलाउन शेख कहाँ पुगेका थिए । शेखले कुराएका थिए । यसै क्रममा उनलाई नास्ताका लागि टहरमा बसेकाहरुलाई बोलाउन पठाइएको थियो ।

दुर्’भाग्य, उनी पुगेको केही समयपछि बम बि’ष्फोट भयो । घाइते भएपछि धन्न ज्या’न जोगाउन सके । उनी भन्छन्,‘उनीहरु मतर्फ हेर्दै थिए तर भाग्न सकें ।’ हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।