साउदीमा डिएक्सएन आबद्ध नेपाली ग्रुपको दीपावली शुभकामना आदानप्रदान
साउदी । साउदी अरेबियाको पूर्वी क्षेत्रका डिएक्सएन आबद्ध नेपाली ग्रुपले अक्टोबर २५ तारिख शुक्रबार दीपावलीको शुभकामना आदानप्रदान गरेको छ ।
दमामस्थित रोज रेस्टुरेण्टमा डिएक्सएन ग्रुप दमाम र अलखोबारद्वारा संयुक्तरूपमा साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेका हुन् ।
सधैं ‘स्वास्थ्य समृद्धि र सुखी जीवन’ को नारा लिएर नेटवर्किङ सिस्टम रहेर मोटिभेसन र प्रचारप्रसारमै व्यस्त ग्रुपले पहिलोपटक दीपावलीको अवसर पारेर साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेका हुन् ।
कार्यक्रममा डिएक्सएनका पुस्ता चाम्लिङ राईले नेटवर्किङ सिस्टम रहेर काम गर्ने भएपनि स्वास्थ्यलाई मध्यनजर गरेर उत्पादन गरिरहेको बताए । ‘नाफामुखी डिएक्सएनका उत्पादनहरू विश्वका अनुभवी डाक्टरहरुले प्रमाणीकरण गरेर मात्र बजारमा पठाइञ्छ । यदि स्वास्थ्यलाई तन्दुरुस्त राख्ने हो भने डिएक्सएन बाहेकको विकल्प छैन, तसर्थ बाहिरको हल्ला होइन भित्रको यथार्थलाई बुझेर जडीबुटीबाट उत्पादित बस्तुको सदुपयोग गर्नुपर्छ’, उनले भने ।
समारोहमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य श्रीयावा लिम्बु, तमु धि साउदीका अध्यक्ष खेम गुरुङ, दिदीबहिनी समूह साउदीकी अध्यक्ष तुलसी गुरुङ, मगर सङ्घ साउदीका कार्यबाहक अध्यक्ष बम बहादुर मगर, उपाध्यक्ष धनकुमारी पुन मगर, किराँत राई यायोक्खा साउदीका उपमहासचिव रविन थुलुङ, रोल्पाली सेवा समाज साउदीका कोषाध्यक्ष भिम मगर, अन्नपूर्ण रेस्टुरेण्ट जुवेलकी सञ्चालिका भिमा लिम्बु, व्यवसाय राजेश लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा रोल्पाली सेवा समाज र दिदीबहिनी समूहले दिउसी भैलो खेलेको थियो । त्यसैगरी स्थानीय कलाकारहरू राजन तामाङ, मञ्जु परियार, धनकुमारी मगर, हरि भुसाल, श्री चाम्लिङ राई, सुर्य गिरी, कमली तामाङ, याङ्जी शेर्पा, जेनी घिसिङ लगायत डिएक्सएनका कलाकार टोलीले बेजोड प्रस्तुति दिएका थिए ।
डिएक्सएनको स्थापना बहुउद्देश्यीय कम्पनी रूपमा १९९० मा मलेसियाका डा.लिम सिओ जिनले गरेका थिए । अन्य देशमा अवैधानिक जस्तै मानिने डिएक्सएन मलेसियामा भने वैधानिक मानिञ्छ । साउदी अरेबियामा डीएक्सएनको स्थापना सन् २००२ मा भएको हो ।


