तिहारमा सि’ङ्गो गाउँ शो’कमा
बैतडी । सबैतिर तिहारको रौ’नक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक ह’त्यापछि सिङ्गो गाउँ नै शो’कमा डु’बेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको ह’त्या भएपछि सिङ्गो गाउँ शो’कमा डु’बेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबैतिर तिहारको रौ’नक छ तर यहाँका बोहरा गाउँ भने शो’कमा डु’बेको छ ।’ रोजगारीका लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग काटेर हत्या भएको थियो । तर गाउँमा भने कात्तिक १० गते मात्रै खबर प्राप्त भएको थियो । हरे बोहरा र बीरा बोहरा सहदोर भाइ हुन् ।
उनीहरु पिथौरागढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका बताइएको छ । बीरा बोहरा तथा हरे बोहराका ७० वर्षीया आमा मनोरी बोहरा गाउँमै बस्दै आएको पुर्चौडी नगरपालिका–५ का वडाअध्यक्ष नागीसिंह खडायतले जानकारी दिनुभयो ।
बीरा बोहराका श्रीमती छोराछोरी भने कैलालीको फूलबारीमा बस्दै आएको बताइएको छ । बीरा बोहरा केही महिना अघि मात्रै दाजु भाउजू भेट्ने भनेर पिथौरागढ गएका थिए । मृ’तक हरे बोहराका श्रीमती कीर्रा बोहरा पनि मजदुरीका लागि भारतमै सँगै रहेका भए पनि उनी घ’टनापश्चात फरार रहेकी छन् ।
कीर्रा बोहरा भने बझाङ पुगेको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । कीर्रा फरार रहेकाले ह’त्यामा उनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमलाई उ’द्धृत गर्दै भारतीय प्रहरीले जनाएको छ । कीर्रा पहिलाको श्रीमानलाई छोडेर हरे बोहरासँग बिहे गरेको उनका आफन्तले बताएका छन् ।
स्वदेशमै रोजगारी नहुँदा बैतडीका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि भारत पस्ने गरेका छन् । रोजगारीको लागि भारत गएका युवा विभिन्न समस्या झेल्दै आएका छन् । ह’त्या गरिएका तीनै जना मजदुरमध्ये एकजना काशी बोहराको श’व आफन्तले बुझेका छन् भने दुई श’व अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
ह’त्याको विषयमा भारतीय प्रहरीसँग सहयोग आदानप्रदान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एक जना प्रहरी सहायक निरीक्षकलाई पिथौरागढ पठाइएको छ ।


