यस्तो र’ह्यो प्रधानमन्त्री ओलीको भाइटीका – हेर्नुहोस् भिडियो
काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरुबाट भाइटीका लगाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिलादेवी कोइराला, विष्णुमाया ढकाल, देवका उप्रेती र इन्दिरा पराजुलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।
मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीहरुको हातबाट टीका लगाउनुभएको हो । टीका लगाइदिएपछि बहिनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुबाउनुभएको थियो ।

उक्त अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तिहारले नेपाली समाजलाई सुव्यवस्थित र भाइचाराको सम्बन्ध स्थापित गर्न ठुलो योगदान पुर्याएको धारणा व्यक्त गर्नु भएको छ ।


