सिंगापुरे तरिकामा गगन थापाको भाईटीका !

काठमाडौं, १२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापा यतिवेला सिंगापुरमा छन् । छात्रावृत्तिमा अध्ययनको लागि सिंगापुर गएका थापाको भाईटिका पनि सुखद् नै रह्यो ।

उनले भाईटिका लगाएको फोटो आफ्नो फेशबुक पेजमा राख्दै लेखेका छन्,”कस्तो सुखद संयोग !अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटिका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चान संग भाइटिका । ३० वर्ष देखि भाइटिका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटिका !”

नेता थापा एक सातासम्म अध्ययनको लागि सिंगापुरमै रहनेछन् । उनले उक्त कुरापनि आफ्नो फेशबुक पेजमार्फत नै सबैलाइृ जानकारी गराएका छन् ।

उनले लेखेका छन्,”अबको साता शहरको यातायात,स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सुचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्न सिंगापुरको NANYANG TECHNOLOGICAL UNIVERSITY मा विद्यार्थीको रुपमा रहनेछु। World Economic Forum को छात्रवृत्तिमा फेरी विद्यार्थी हुने मौका मिल्यो।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।