तिहारमा ४३ ठाउँमा प्रहरी छा’पा, ४६५ जुवाडे प’क्राउ, ३ करोड ३० लाख रुपैया ब’रामद

पक्राउ पर्नेमा भिआइपी जुवाडे देखि सामान्य जुवाडे साथै ३ महिला जुवाडे समेत छन

काठमाडौं । प्रहरीले तिहार अवधिभर देशभरका ४३ स्थानमा गरिएको का’रवाहीबाट ४ सय ६५ जना जुवाडेलाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा भिआइपी जुवाडे देखि सामान्य जुवाडेसम्म छन । उनीहरुको साथबाट देशभर गरी प्रहरीले ३ करोड ३० लाख रुपैया बरामद गरेको हो ।

प्रहरीले सबै भन्दा बढी रकम राजधानीको महाराजगंजमा गरिएको का’रवाही बाट फेला पारेको थियो । सो क्रममा २५ जना भिआइपी जुवाडेबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भएको थियो । तिहार अवधिभर प्रहरी कारवाहीमा प’क्राउ पर्नेमा तीन जना महिला जुवाडे समेत छन ।

विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले चलाएको अ’परेसन अन्तर्गत देशभरबाट गरी ३ करोड ३० लाख रुपैया सहित ४ सय ६५ जना जुवाडे पक्राउ परेको नेपाल प्रहरीका डिआइजी एवम् केन्द्रिय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

उनले पक्राउ परेका व्यक्तिहरुबाट बरामद रकमको स्रोत तर्फ समेत प्रहरीको ध्यान केन्द्रित भएको र आवश्यक परे सम्पति सुद्धिकरण मार्फत पनि अनुसन्धान हुने जनाए ।

‘जुवाबाट ठूलो रकम बरामद भइरहको छ, त्यसको स्रोत के हो ?, बैकिंङ प्रणालीबाट समेत सो रकम सहज रुपमा निकाल्न सम्भव छैन, प्रहरीले रकमको स्रोत तर्फ पनि अनुसन्धान अघि बढाएको छ,’ केन्द्रिय प्रवक्ता पोखरेलले भने,‘ आवश्यक परे सम्पति सुद्धिकरण मार्फत पनि अनुसन्धान हुन्छ ।’

प्रवक्ता पोखरेलले राज्यले समेत कानुनमा नै कडा सजायँको व्यवस्था गरेपछि प्रहरी समेत उच्च प्राथमिकताका साथ कानुनको पालनामा अग्रसर भएको जनाए । कानुनले निषेध गरेका कामकारवाही गर्ने जोकसैलाई पनि छुट नहुने उनले बताएका हुन ।

प्रहरीले पक्राउ परेका मध्ये अधिकांश जुवाडेहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाइएको छ भने केहीलाई भने सामान्य धरौटीमा कागज गराउँदै छाडेको छ ।

जुवा खालबाट पक्राउ पर्नेमा गुण्डा नाइकेका रुपमा चिनिएका बलराम सापकोटा ‘बले’, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा, इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायत छन । उनीहरु बिरुद्ध सर्वोच्च अदालतले थुनामा नै राखेर थप अनुसन्धान गर्न भनेको छ । उनीहरुले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तरगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने अभियोगमा अनुसन्धान गरिरहेको बताएको छ ।

उनीहरु बिरुद्धको अभियोग प्रमाणित भए पहिलो पटक खेल्ने वा खेलाउनलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटक खेल्ने वा खेलाउनलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तथा र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

जुवासम्बन्धी कसूरमा प्रहरीले २५ दिनभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था छ भने मुद्दाको सुनुवाइ प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था छ । राजधानी दैनिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।