‘प्रचण्ड’ले किन दिए अ’नसन बस्ने चे’तावनी ?

आफ्नै दल नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देश चलाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनशन बस्ने घोषणा गरेका छन् ।

आफ्नै पार्टी नेकपा अध्यक्ष ओलीले नै सरकार चलाइरहेका बेला प्रचण्डले अनशन बस्ने भनेर गरेको घोषणालाई अनौठो मानिएको छ । प्रचण्डले चाहेमा ओलीलाई सामान्य सिफारिस गर्दा समेत जुनसुकै काम पनि हुनसक्छ ।

प्रचण्डले प्रदेश २ को जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने बाटो छिटो नबने आफू जनताको नेतृत्व गर्दै अनशन बस्ने घोषणा गरे । नेकपा महोत्तरीले छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मधेशको विकासका लागि जनकपुरबाट पिपरा हुँदै जलेश्वर र बिर्तामोडसम्म पुग्ने बाटो महत्वपूर्ण भएको बताएका छन् ।

जनताले समय–समयमा आवाज उठाउँदा समेत सरकारले ध्यान नदिएको गुनासो व्याप्त रहेका बेला प्रचण्डले तत्काल सहानुभूति बटुल्न अनशनको घोषणा गरेको अनुमान समेत गर्न थालिएको छ ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर–भिट्टामोड सडकको कार्यप्रगति निकै सुस्त भएको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन्। उनले भने, ‘अहिलेसम्म जे भयो भयो, अब यस्तो ढिलासुस्ती सैह्य हुँदैन। अब पनि ढिला सुस्ती भयो भने मसमेत अनसन बस्न नपरोस्।’

उनले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि असन्तुष्टि जनाए। भारतले बनाउन सुरु गरेको यो सडक यस्तै अवस्थामा राखे आफूहरुले नै बनाउने कुरा भारतसँग राखिएको उनले जानकारी दिए।

प्रचण्डले तराई मधेशका जनतासँग आफ्नो गहिरो प्रेम रहेको पनि दोहोर्याए। आफुले संविधान संशोधन गर्न दुई पटकसम्म प्रयास गरेको स्मरण गर्दै उनले काठमाडौं फर्केर प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका लागि छलफल गर्ने आश्वासन पनि दिए। प्रचण्डले मंसिर १४ गते हुने उपनिर्वाचनमा भ्रष्टाचार विरोधीलाई मत दिन आग्रह पनि गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।