साउदी अरेबियामा नेपालीले यसरी लगाए सामुहिक भाइटीका

दमाम,साउदी । साउदी अरेबियाको पूर्वी क्षेत्रमा नोभेम्बर १ तारीख शुक्रबार विविध रुपले भाइटिका सकिएको छ । रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरुले शुक्रबार दिदीबहिनीको समूहको आयोजनामा सामुहिक भाइटिका लगाएको थियोे । साउदीमा नेपालमाभन्दा तीन दिनपछि कार्तिक १५ गते भाइटिका मनाइएको हो ।

दमामस्थित रोज रेष्टुरेण्टको अडिटोरियम हलमा आयोजना गरिएको भाइटिका कार्यक्रमको व्यवस्थापन तमु धि, दिदीबहिनी, किराँत राई यायोक्खा लगायतले गरेको थियो ।

भाइटीका चेली र माईतिको सम्बन्ध प्रगाढ, असीम माया आत्मियता, सामाजिक सद्भाव र सम्बन्ध शुद्धृढ बनाउने चाड भएकोले कार्यक्रममा औपचारिकरुपमा निमन्त्रणा नगरिएको दिदीबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङले बताइन् ।

बिहान् ८.०० बजेबाट सुरु भएको कार्यक्रममा भाइटिका सकेपछि देउसी खेलेका थिए । समारोहमा दाजुभाइले टीका ग्रहण गरेपश्चात् दिदीबहिनीले पुष्प गुच्छाका मालासँगै दूध, दहि, सेल रोटी, तरकारी, अचार लगायतका परिकारहरू खुवाएको थियो ।कार्यक्रममा पाँच चरण गरी झण्डै ३ दर्जनभन्दा बढीले भाइटीका लगाएका थिए ।

कार्तिक शुल्क द्वितीयका दिन मनाइने चाड यमपञ्चकको पाचौ दिन भाइटिका दिदी बहिनीले दाजु वा भाइलाई श्रदा, आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका र माला लगाई मिष्ठान्न भोजन खुवाइ मनाइने प्रचलन छ ।

त्यसैगरी दाजुभाइले दिदी वा बहिनीहरुलाई पनि टीका लगाई उपहार स्वरुप दक्षिणा गर्ने गरिञ्छ । यसरी दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय शाब्दिक मान्यता छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।