नेपाल–भारत सीमा नाका अ घोषित रुपमा ब न्द

नेपालगन्ज । भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ।

कार्यालयका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) माधव रिजालले भारतले एक्कासी नाका बन्द गराएको बताए। ‘बिहान ६ बजेदेखि बन्द भएको नाकामा दिनभर आवत–जावत ठप्प भयो,’ उनले नागरिकसँग भने ‘बेलुकीपख चाहीँ केही गाडीलाई मात्र छाडियो, सर्बसाधारणका लागि आवत–जावत भने बन्द यथावत छ।’ नेपालतर्फ रहेका करिब अढाई सय वटा भारतीय नम्बरका ट्रकलाई सीमा पार गर्न अनुमति दिएको र भारतको रुपैडिहातर्फ रोकिएका ४५ वटा नेपाली ट्यांकरलाई भित्र्याइएको प्रहरी नायव निरीक्षक रिजालले जानकारी दिए।

उनले थपे, ‘भारतले सीमा बन्द गराएको विषयमा हामीलाई आधिकारिक जानकारी छैन।’ भारतको अयोध्यामा राम मन्दिर र बाबरी मस्जिद विवाद प्रकरणबारे सुरक्षा सर्तकता स्वरुप सीमा बन्द गरेको हुनसक्ने नेपाली सुरक्षाकर्मीले अनुमान गरेका छन्।

उक्त विवादमा त्यहाँको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै जमिनबारे मुस्लिम पक्षको दाबीलाई खारेज गर्दै हिन्दु पक्षलाई जमिन दिन फैसला सुनाइसकेको छ। भारतले पछिल्लो समयमा गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध नेपालगन्जमा बिरोध तथा प्रदर्शन भएका छन्। कतिपयले सोही विरोधलाई लिएर भारतले अघोषित नाका बन्द गराएको हुन सक्ने आशंका पनि गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।