पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न

धरान,२३ कार्तिक । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू साहित्यिक वार्षिकको वर्ष ११ अङ्क ११ विमोचन तथा कवि सुनिता राई कन्दङ्वाको कविता सङ्ग्रह एक जुवा घामपुस्तक परिचर्चा कार्यक्रम आज विमल स्मृति पुस्तकालयमा सम्पन्न भएको छ ।

 

वरिष्ठ भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा परदेशी बिम्बहरू साहित्यिक वार्षिक पुस्तकमाथी डा रामजी तिमल्सिना र डा इन्दिरा मिश्रले बोल्नु भएको थियो । एक जुवा घाम कविता सङ्ग्रहमाथी भने प्रा डा भीम खतिवडा र कवि बम देवानले बोल्नु भएको थियो ।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कवि सुनिता राई कन्दङ्वाको कवित्व चेतमाथी प्रकाश पार्दै “एक जुवा घाम” शिर्षकको कविता वाचन गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका सचिव बुद्धि तेम्बे माइलाले एक जुवा घाम कविता सङ्ग्रहबाट “देश दुखेको छ” शिर्षकको कविता वाचन गर्नु भएको थियो ।

त्यसैगरी सन्तोष थेबे, नवराज मैनाली, विनोद लिङ्खिमलगायतले कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको तर्फबाट दुई जनालाई सम्मान पनि गरिएको थियो । समूहका उपाध्यक्ष तथा परदेशी बिम्बहरू पुस्तकका प्रधान सम्पादक भीम विरही राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विनोद लिङ्खिमको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमलाई बुद्धि तेम्बे माइलाले सन्चालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।