भारतले मि’चेको भूमि फिर्ता नलिए प्रधानमन्त्रीलाई जनताले माफी दिँदैनन्

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने बताएका छन् ।

महासचिव मैनालीले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भीर भएर लाग्न पनि आग्रह गरे ।

भारतले सीमा मिचेको बिरोधमा आइतबार पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध प्रर्दशनमा बोल्दै उनले दुई मुलुकबीचको सीमा समस्या समाधान अब पनि नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अस्वीकार गर्ने बताए ।

महासचिव मैनालीले विज्ञहरुले पटक पटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने स्पष्ट पारे । काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको विरोध प्रर्दशन पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।