सीमा स’मस्या अ’न्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन : प्रचण्ड (भिडियो सहित)

काठमाडौं । भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेपछि नेपालभर विरोध प्रदर्शन भइरहेको छ । यसबारे छलफल गर्न सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरोकारवालालाई बोलाएको थियो । तर, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्वास्थ्यका कारण देखाउँदै आएनन् । अर्का अध्यक्ष प्रचण्ड बैठकमा सहभागी भए ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको भन्दै आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताए। ‘सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन, अन्तर्राष्ट्रियकरण गर्‍यो भने झन् समस्या पैदा हुन्छ’, उनले भने ।

एक इञ्च पनि भूमि नछोड्ने र अरूहरूको पनि एक इञ्च भूमि नलिने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी एक इञ्च पनि भूमि छोड्न सक्दैनौं र हामीलाई कसैको एक इञ्च भूमि पनि चाहिएको छैन’, उनले भने। तर, सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने बेलामा भने प्रचण्ड बैठकबाट उठेर हिँडेका छन् ।

उनले आफूलाई इमरजेन्सी परेको भन्दै बैठकबाट बाहिरिएका हुन् । गत नोभेम्बर १ मा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेकोप्रति नेपालभर विरोध प्रदर्शन भइरहेको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।