प्रदेश १ को नामाकरण छि’ट्टै टुं’गो लगाइने

उर्लाबारी । मुख्यमन्त्री शेरधन राईले छिट्टै प्रदेश–१ को नामाकरण टुंगो लगाइने आश्वासन दिएका छन् । महागुरु फागुनन्द लिङदेनको १३५ औं जन्मजयन्तीको अवसरमा सोमबार मोरङको टाँडीमा आयोजित शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो आश्वासन दिएका हुन् ।

यसअघि पनि यस्तै आश्वासन दिएका मख्यमन्त्री राईले कहिलेसम्म प्रदेशको नामाकरण गर्ने भन्ने चाही खुलाएनन् । देश विकास र समृद्धितर्फ लम्कीरहेको दाबी गर्दै राईले आफ्नो भाषणको लामो समय महागुरुको व्यक्तित्व र योगदान बारे चर्चा गरेका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले आफूहरुले लिम्बुवानको मुद्दा नछाडेको बताउँदै प्रदेश–१ को राजधानी किरात लिम्बुवान राख्नुपर्ने बताएका छन् । लिङदेनले लिम्बुवानको माग पुरा नभए आन्दो लन नरोकिने चेता वनी दिए ।

सोही अवसरमा किरात धर्मगुरु आत्मनन्द लिङदेनले महागुरुको पुर्ण कदको शालिक अनावरण गरेका थिए । टाँडी माङहिमका अध्यक्ष शुक्रध्वज सङ्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा भरै साँझ चर्चित गायक ताराप्रकाश लिम्बुको प्रस्तुति रहने कार्यालय सचिव चन्द्र सङ्मीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖