सं युक्त हाइकु सङ्ग्रह “स म्बन्ध सू त्र” को लो कार्पण

काठमाण्डौ ।  नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने बाताबरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ”सम्बन्ध सूत्र” संयुक्त हाइकु सङ्ग्रह १७४+१६+४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको हो ।

पूर्वाञ्चल हाइकु संघबाट प्रकाशित भएको उक्त पुस्तकमा १,५७२ वटा हाइकुहरू समावेश रहेको छ । बेलबारी नगरपालिकाको तर्फबाट र ढाका पराजुली बेलबारी नगरपालिका उपप्रमुखबाट साहित्य र संस्कृति प्रति यसरी पुस्तक प्रकाशित भएकोमा पुस्तकको भूमिकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कवि, गीतकार, साहित्यकार, गायक एवं हाइकुकार सुरेन्द्र महर्जन”अमर” लगायत समारोहमा पूर्वाञ्चल हाइकु सङ्घका अध्यक्ष तिला लेकाली, वरिष्ठ साहित्यकार मिश्र वैजयन्ती, चेतनाथ धमला, धनकुटे कान्छा, पून्यप्रसाद खरेलबाट सार्गर्भित मन्तव्य सहित हाइकु बाचन गर्नु भयो ।

कार्यक्रम संचालन हेमसागर पोखरेलले गरेको थियो भने हाइकु बाचन ईरान राई, सुमी लोहनी, जे बि.थुलुङ्ग, डा. लोकराज पराजुली, डा. चूडा ढकाल, रेखा सुवेदी, रामप्रकाश अर्याल ”अविराम”, रमेश निरौला, रामबाबु दाहाल, नारायण कार्की, लक्ष्मी श्रेष्ठ, खगेन्द्र बस्याल, भीम कुमारी राई, लगायत पुस्तकमा समावेश हाइकुकारहरूबाट हाइकु वाचन गरिएको थियो । कार्यक्रम तिला लेकालीको सभापतित्वमा संचालन भएको थियो । ११६ जना हाइकुकारहरूको रचना सार्वजनिक उक्त ”सम्बन्ध सुत्र” (हाइकु सङ्ग्रह) पुस्तकभित्र रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।