घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको सांस्कृतिक प्र शिक्षण कार्यक्रम स म्पन्न

दमाम । नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको सांस्कृतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जुवेलस्थित कुकजोन रेस्टुरेण्टमा नोभेम्बर ८ मा भएको हो ।

कार्यक्रमका अतिथि उपाध्यक्ष शम्सेरले तामाङ समुदायभित्र सांस्कृतिक प्रशिक्षण अनिवार्य भएको बताए । विश्वभरि छरिएर रहेका तामाङ समुदायको भौगोलिक रुपमा अलगअलग संस्कृति छ, उनले भने । घेदुङका प्रवास शाखाहरुले तत्काल गर्नुपर्ने कामहरू भनेको नेतृत्व विकास, भाषा, धर्म, लिपी लगायलाई एकरुपता गराउनु हो, उपाध्यक्ष शम्सेरले भने ।

घेदुङका सदस्य फुर्वा पाख्रिनले स्वागत मन्तव्यका क्रममा प्रवासमा व्यस्तताका बाबजुद समेत उपस्थिति भएर उर्जा दिलाएकोमा धन्यवाद दिदै घेदुङलाई बृहत बनाउन पदाधिकारीहरुले जिम्मेवारीबोध गर्नुपर्ने बताए ।

समारोहमा अतिथि जिफण्ट सहयोग समूह साउदीका बरिस्ठ उपाध्यक्ष राईले मन्तव्यका क्रममा पूर्वी क्षेत्रका घेदुङले छोटो समयमा छलाङ मारेको बताए । उपाध्यक्ष राईले जिफण्ट साउदीले श्रमिकहरुका मुद्दामा घेदुङसँग सहकार्य गरेर जाने बताए ।

कार्यक्रमका सभापति विजय तामाङले प्रशिक्षण कार्यक्रम सोचेभन्दा सफल भएको बताउँदै आगामी कार्यक्रमहरुमा यसरी नै उत्साहित रूपले साउदीको पूर्वी क्षेत्रमा रहेका सम्पूर्ण तामाङहरुलाई घेदुङको छातामुनि ल्याउनुपर्ने दायित्व बढेको बताए ।

त्यसैगरी घेदुङका सदस्यहरू हिरा बम्जन, अस्मिता तामाङ, बृखराम तामाङ, कल्पना तामाङ, रञ्जु तामाङ, अर्जुन तामाङ, जीतबहादुर गोले लगायतले मन्तव्यका क्रममा घेदुङको क्षेत्रीय समितिले छोटो समयमा धेरै सचेतना मुलुक कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । वक्ताहरुले घेदुङलाई अझ बृहत बनाउन पदाधिकारीहरुले विशेष भूमिका खेल्नुपर्ने औल्याए ।

कार्यक्रममा घेदुङकी क्षेत्रीय सल्लाहकार राममाया मोक्तानले फापरे र सदस्य जीतबहादुर गोलेले चौतारी भाकाको गीत प्रस्तुत गरेको थियो । त्यसैगरी घेदुङकी उपाध्यक्ष पुतली तामाङ सदस्यहरू डोल्मा तामाङ, रञ्जु तामाङ, मुस्कान तामाङ, कमली तामाङ, अर्जुन तामाङ लगायतले तामाङ गीतहरुमा बेजोड प्रस्तुति गरेको थियो ।

नेपालमा पश्चिमेली तामाङ समुदाय विशेष गरेर रसुवा, धादिङ, नुवाकोट लगायका जिल्लामा म्हेन्दोमाया, मानेदोरा, साईकोले लगायतका गीत तथा नृत्य चर्चित छन् । त्यसैगरी पूर्वका तामाङ समुदाय विशेष गरेर दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, सिन्धुली लगायतमा फाफरे, सेलो, डाम्फु लगायत गीतहरू चर्चामा रहने गर्छ ।

घेदुङका कोषाध्यक्ष लालबहादुर लामाले कार्यक्रम सञ्चालन गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।