भारततर्फ ५९ र चीनतर्फ ४ सिमाचौकी थप्दै ओली सरकार

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई चीन र भारतको सिमाना थप ६३ स्थानमा बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्न स्वीकृति दिएको छ ।

सरकारले भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमा क्षेत्रमा चारवटा बीओपी स्थापना स्वीकृति दिएको छ। अब चीनतर्फ दार्चुलाको तिंकर भन्ज्याङ/लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथाङ्का नाकामा बीओपी राखिनेछ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमै सीमा सुरक्षाका लागि सशस्त्रको थप फौज तैनाथ गर्न लागिएको जानकारी दिनुभएको थियो। नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले विवादित ‘राजनीतिक नक्सा’ सार्वजनिक गरेपछि गृह मन्त्रालयले उत्तर र दक्षिणतर्फ अतिक्रमित र मानव आवतजावत गर्न मिल्ने नाकामा थप चौकी स्थापना गर्न लागेको हो ।

नेपालको सीमा संग जोडिएका क्षेत्रमा भारतीय पक्षले सीमा सुरक्षा बल (एसएसबी) लाई २ देखि ३ किमि दूरीमा तैनाथ गरेको छ  भने नेपालतर्फ भने सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किमि छ ।

नेपालको भारतसँग सिमा क्षेत्र करिब १ हजार ८ सय ८० किलोमिटर छ  भने चीनसँग १ हजार ४ सय १४ किलोमिटर सीमा क्षेत्र छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।