धनकुटाको सहिदभूमी र सागुरीगढीमा कांग्रेसको समायोजन
धनकुटा खबर । राज्यको पुर्नसंरचना पछि बनेको धनकुटा जिल्लाको सहिदभूमी र सागुरीगढी गाउपालिकामा नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन समायोजन गरी निर्माण गरेको आज जनाएको छ ।
धनकुटा जिल्लाको सहिद भूमी गाउपालिको नेपली कांग्रेस गाउपालिका कार्य समितिमा तिर्थ राई सभापति र सहभापतिहरुमा क्रमस तोर्ण खड्का,लक्ष्मण राई र शेर वहादुर राई रहनु भएको छ ।
यसैगरी सहिदभूमी गाउपालिकाको वडा नं १ को सभापतिमा भिमनाथ खड्का,वडा नं. २ को सभापतिमा दुर्गा वहादुर विष्ट,वडा नं. ३ को सभापति श्याम राई,वडा नं. ४ को सभापतिमा सन्तोष राई,वडा नं. ५ को सभापति कनक राई,वडा नं. ६ को सभापतिमा विकास राई,वडा नं. ७ को सभापतिमा मंगल सिंह राई चयन हुनु भएको सहिदभूमी गाउपालिका कार्य समितिका सचिव रुद्र राईले वताउनु भयो ।
यसैगरी धनकुटा जिल्लाको सागुरीगढी गाउ कार्य समितिको सभापतिमा यम प्रकाश मगर र सहसभापतिहरुमा भूपाल राई,विष्णु राई,राजेन्द्र इवा,भूपेन राई,खगेन्द्र याक्खा,ओम प्रकाश मगरलाई चयन गरेको छ ।
यसैगरी सागुरीगढी गाउपालिकाको वडा नं. ४ को सभापतिमा प्रितम थेगिम लिम्बु,वडा नं. ५ को सभापतिमा ओम प्रकाश लिम्बु,वडा नं. ७ को सभापतिमा प्रकाश राई र वडा नंं. १० को सभापतिमा अमल राईलाई चयन हुनु भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा जिल्लाको सहिदभूमी र सागुरीगढी गाउपालिकामा छुट्टा छुट्टै भएको नेपाली कांग्रेसको समायोजन कार्यक्रमको सभापतित्मा नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमहरुमामा १ नम्वर प्रदेश सभाका सांसद लिला सुब्बा,केन्द्रिय प्रतिनिधि लाखमान राई लगायतका नेताहरुले संगठन विस्तार र सुदृढीकरण अभियानलाई सवै क्षेत्रमा क्रियाशिल बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा गठन तथा समायोजन प्रक्रियाको विधि र आवाश्यक्ताको वारेमा जिल्ला सचिव विजय सन्तोषी राईले प्रस्तुत गर्नु भएको थियो । सहिदभूमी गाउपलिाकामा भएको कार्यक्रमको संचालन सचिव रुद्र राईले गर्नु भएको थियो भने सागुरीगढी गाउपालिकामा भएको कार्यक्रमको संचालन क्षेत्रीय कार्य समितिका सभापति जितेन्द्र राईले गर्नु भएको थियो ।
समायोजन कार्यक्रममा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति हरी कुमार राई,महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,रमेश राई,शिव कुमार राई,कोषाध्यक्ष दिनेश राई, महाधिवेशन प्रतिनिधिहरु राम कुमारी भण्डारी,जिल्ला सदस्यहरु महोन वान्तवा, नेपालधन राई, रमेश इबाहाग, पूर्व जिल्ला सहसचिव राजन पौडेल,नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, पूर्व अध्यक्ष विश्वनाथ दाहाल क्षेत्रिय सदस्यहरु कमल कुमारी राई, विष्णु राई, नेपाल तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज तामांग, सचिव नरेन्द्र कस्चित, सहिदभूमी गाउपालिकाका तरुण दलका अध्यक्ष साजन राई लगायतले शुभ कामना व्यक्त गर्दै बधाई ज्ञापन गर्नु भएको थियो ।


