धनकुटाको चौविसेमा कांग्रेसको समायोजन

धनकुटा खबर, कार्तिक २८ । धनकुटाको चौविसे गाउपालिका राजारानीमा सम्पन्न भेलाले नेपाली कांग्रेस चौविसे गाउपालिकाको पार्टी संगठन समायोजन गरेको छ ।

पार्टीका जिल्ला सभाति सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा वसेको भेलाले नेपाली बिजु राई (गुणराज) को सभापति रहनेगरी चौविसे गाउा कार्य समिति गठन गरेको छ ।

समितिको सहसभापतिहरुमा सुरेन्द्र वहादुर चेम्जोंङ,आनन्द श्रेष्ठ,मेघ वहादुर थापा,देव नेम्वांग,नवराज राय,धन वहादुर मगर रहेका पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो । त्यसैगरी १ नं वडा सभापति आनन्द श्रेष्ठ, २ नं वडा सभापतिमा धन वहादुर मगर, ३ नं गहेन्द्र फागु, ४ नं मा नगेन्द्र तामाङ, ५ नं मा मेघ वहादुर थापा, ६ नं मा नगेन्द्र राई, ७ मा सुरेन्द्र वहादुर चेम्जाङ र वडा नं. ८ को सभापतिमा नवराज राय चयन भएकाछन् ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति पौडेल,केन्द्रिय प्रतिनीधि लाखमान राई,जिल्ला उपसभापति नविन किशोर शाक्य,सचिव राई, महासमिति सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष दुर्गा वहादुर सुवेदी,ललित वहादुर चेम्जाङ ,यूवा नेता कमोठ कुमार फागो,नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना लगायतले नेपाली कांग्रेलाई नया ढंगबाट पर्नुगठन गरिएकोले अव कांग्रेसको पक्षमा जनलहर आउने वताएकाछन् । कार्यक्रमको सञ्चालन क्षेत्रीय कार्य समितिका सभापति जितेन्द्र राईले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु देवेन्द्र श्रेष्ठ,महोन वान्तवा, रमेश इबाहाङ्ग,बखत वहादुर भट्टराई,वडा नं ४ का वडाध्यक्ष जिवन तामाङ , क्षेत्रिय सदस्यहरु गजेन्द्र खतिवडा,चिन्तामणी पौडेल,नेपाल तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज तामाङ,सचिव नरेन्द्र कश्चित नेपाल शिक्षक संघका डेगराज बन,प्रेम याक्खा,पार्टीका पूर्व जिल्ला सदस्य दिनेश भण्डारी,यूवा नेता जयन्द्र प्रधान लगायतले शुभ कामना व्यक्त गर्दै समितिका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।