पाख्रीवास र छथर जोरपार्टीमा कांग्रेसको समायोजन
धनकुटा खबर, कार्तिक २९ । धनकुटा जिल्लामा स्थानीय तह पार्टी संरचना समायोजन अन्र्तगत आज पाख्रीवास नगरपालिका र छथरजोरपार्टी गाउँपालिकामा नेपाली कांग्रेस धनकुटाले पार्टीको संरचना समायोजन गरी गठन गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतमा पाख्रिवास र छथरजोरपार्टी गाउँपालिकामा भएको छुट्टाछुट्टै भेलाले पाख्रीवास नगर कार्यसमितिको सभापतिमा कोपिन मानन्धर र छथर जोरपार्टी गाउँपालिका कार्य समितिको सभापतिमा छत्र सुब्बालाई चयन गरेको नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
यसैगरी पाख्रीवास नगर कार्य समितिको सहसभापतिमा कृष्ण कट्टेल ,उपसभापतिद्धय प्रेम भण्डारी, पूर्ण वहादुर राई,सचिवद्धय चन्द्र वस्नेत,निरोज गुरुङ्ग र कोषाध्यक्षमा वीर वहादुर थापालाई चयन गरेको जिल्ला सदस्य ज्ञानु गुरुङ्गले वताउनु भयो ।

त्यस्तैगरी नेपाली कांग्रेस पाख्रिवास नगरपालिकाको वडा नं १ को सभापतिमा डिल्लीराम पाण्डे,वडा नं २ को सभापतिमा कृष्ण गोविन्द धमला,वडा नं ३ चन्द्र लिम्बु,वडा नं ४ श्याम प्रकाश राई,वडा नं ५ को भीम वहादुर खड्का,वडा नं ६ गोर्ख वहादुर पिठाकोठे,वडा नं ७ को पूर्ण वहादुर राई,वडा नं ८ गजेन्द्र राई,वडा नं ९ धन वहादुर मोक्तान,वडा नं १० को सभापपितमा कृष्ण कटेललाई चयन गरेको नगर सभापति कोपिन मानन्धरले जानकारी दिनुभयो ।
उता छथरजोरपाटी गाउँपालिकाको सहसभापतिहरुमा क्रमश चन्द्र कुमार लिम्बु,चन्द्र प्रसाद अधिकारी,मेघराज खतिवडा र उपसभापतिमा मणीकर्ण दाहाल,केशव प्रसाद चापागाई ,सचिवद्धय गोविन्द लिम्बु र केशव प्रसाद चापागाईरहेकाछन् ।
छथरजोरपाटीको वडा नं १ को सभापतिमा भोगेन्द्रराज अधिकारी,वडा नं २ मानव वहादुर पुलामी,वडा नं ३ छत्र लिम्बु,वडा नं ४ मेघराज खतिवडा,वडा नं ५ ढकल सिंह लिम्बु र वडा नं ७ को सभापतिमा नविन श्रेष्ठलाई चयन गरिएको छ ।
कार्यक्रममा पार्टीका जिल्ला सभापति पौडेल,सहित महासमिति सदस्य आनन्द सन्तोषी राई,केन्द्रिय प्रतिनिधि लाखमान राई,संविधान सभा सदस्य अञ्जनता ताम्ली,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महाधिवेशन प्रतिनीधि तथा नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका अर्थ महासचिव राम कुमारी भण्डारी,नेपाली कंग्रेस क्षेत्र ख का सभापति ईन्दिरा थापा, जिल्ला सदस्यहरु लोकेन्द्र रायमाझी,मोहन वान्तवा,लेखनाथ पौडेल,रमेश इवाहाङ्ग,जयन्द्र घिसिङ्ग,शहिदभूमी गाउँपालिकाका सभापति तिर्थ राई,नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष विश्वनाथ दाहाल,नेपाल शिक्षक संघ छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष हरी प्रसाद दाहाल,नेपाल तरुण दल धनकुटाका उपाध्यक्ष युवराज पराजुली,नेपाल विद्यार्थी संघ धनकुटाका सचिव सरोज धमला,शिक्षक संघका भिष्म गुरुङ्ग,नेपाली कांग्रेस धनकुटा प्रदेश कार्यसमिति २ का उपसभापति रोहित धमला,सचिव दिलराज घिसिङ्ग,सदस्य ज्योती गुरुङ्ग,नेपाली कांग्रेस धनकुटा प्रशिक्षण विभागका सदस्य गणेश चापागाई लगायत,नेपाल मगर संघ धनकुटाका अध्यक्ष लेख वहादुर क्याप्छाकीले शूकामना दिदै मुलुकमा शान्ति सुरक्षा कायम गर्दै मुलुकको समग्र विकासका लागी कांग्रेस सशक्त हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमको संचालन नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेम भण्डारीले गर्नु भएको थियो ।


