नेपाली कांग्रेस महालक्ष्मी नगर कार्यसमितिको सभापतिमा ध्रुवराज राय

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका जितपुर आज सम्पन्न वृहत भेलाले नेपाली कांग्रेस महालक्ष्मी नगर कार्यसमितिको सभापतिमा ध्रुवराज रायलाई चयन गरेको छ ।

पार्टिका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षता वसेको भेलाले नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिको सभापतिमा रायलाई चयन गरेकाे हाे । कार्य समितिका सह-भापतिहरुमा क्रमश:भरत चापागाई, प्रेम प्रसाद ढकाल, भूपाल ठकुरी, तुलसी लुम्बा र रत्न वहादुर थापालाई चयन गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

यसैगरी उसभापतिद्धयमा हिक्मत भण्डारी, शोभित काफ्ले, सचिवद्धयमा शिव विक, परिवर्तनराज पौडेल, सहसचिव हरी प्रसाद सुवेदी रहेकाछन् । अन्य सदस्यहरुमा पार्वता केसी,सुवास लुम्बा, कृष्ण कटुवाल, खिर वहादुर ताम्तली, अमरणी खड्का, शेर वहादुर केसी, अर्जुन खड्का निर वहादुर कटुवाल, कृष्ण लुम्बा रहेकाछन् ।

यस नगरपालिकाकाे १,२,३,४,५,६,७,८,९ को वडा सभापतिहरुमा क्रमश:जगत कार्की, रमेश वस्नेत, रत्न वहादुर थापा, भरत चापागाई, राजिव बुढाथोकी,प्रविण गिरि,तुलसी लुम्बा,कर्ण थापा र प्रेम ढकाललाई चयन गरिएकाे छ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले समितका पदाधिकारिलाई बधाई दिदै अब कांग्रेस नया ढंगबाट अगाडी बढ्ने वताएकाछन् । कार्यक्रममा स्वागत मन्तव्य सह-सभापति भरत चापागाईले राख्नु भएको थियो भने सञ्चालन नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सचिव परिर्वतन राज पौडेल गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।