सरकार ‘मताहा हात्ति’को शैलीमा अगाडी बढ्यो : नेता पौडेल

धनकुटा खबर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार ‘मताहा हाति’को शैलीमा अगाडी बढेको बताएका छन् । नेपाल प्रेस यूनियन धनकुटाले आज विहान धनकुटामा गरेको पत्रकार सम्मेलनमा बौल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

सरकार आफू खुसी जे गर्दा पनी हुन्छ भन्ने शैलीमा अगाडी बढेको बताउदै नेता पौडेलले संवैधानिक आयोगमा सरकारले जथाभावि रुपमा आफ्ना मान्छे भर्ति गर्न र आयोगहरु लाई सरकारको मातहतमा काम गर्ने बनाउन लागेको भन्दै यस लाई कांग्रेसलाई कुनै हालतमा मान्य नहुने बताएका छन् ।

स्वतन्त्र निकायका रुपमा रहेका संवैधानिक आयोगमा सरकारले आफ्नो अनुकुल बनाउदै लगेको भन्दै नेता पौडेलले त्यसो गर्न खोजीए कांग्रेस चुप लागेर नबस्ने बताए फरक प्रसंगमा बोल्दै उनले भने सिमा विवादको बिषयमा सरकार कुटनैतिक पहल कदमी लिन समेत नसको आरोप समेत लगाए उनले भने सिमाको बिषयमा सबै पक्षको साथ र सहयोग हुदाँ समेत सरकार सिमानाको बिषयमा कुटनैतिक पहल गर्न नसकेको बताए ।

आलम र महराको विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै नेता पौडेलले आलकको बिषयमा अदालतले जे निर्णय गर्छ त्यो नै हुने बताए भने महरा लाई पनि रातो भण्डा ओडेकै आधारमा कानुनी कारबाही बाट उन्मुतिm नहुने बताए ।

पत्रकार संमेलनमा कांग्रेस केन्द्रिय सदस्य एवम् राष्टिय सभाका प्रमुख सचेतक सरिता प्रसाई, कांग्रेस केन्द्रिय सदस्य बद्रि पाण्डे, नेपाली कांग्रेस तेह्रथुमका सभापती केदार ढुगाना, धनकुटा सभापती अग्नी पौडेल, संविधान सभाका सदस्य विश्वदिप लिङ्गदेन, अन्जना ताम्ली,नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्य, सचिव बिजय सन्तोषी राई, कोषध्यक्ष दिनेश राई लगायतको उपस्थिीति रहेको थियो कार्यक्रमा स्वागतमन्तव्य नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले दिनु भएको थियो भने नेपाल प्रेस यूनियनकी अध्यक्ष हिमा चम्जोङ्गको अध्यक्षमामा कार्यक्रम सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।