गिरिजाको नेतृत्वमा वृहत शान्ति सम्झौताको १३औ वर्ष, पाख्रीवासमा शान्ति सम्वाद कार्यक्रम

धनकुटा खबर । शान्ति प्रक्रियाका महानायक, लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्व.गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा वृहत शान्ति सम्झौताको १३औ वर्षको अवसरमा आज धनकुटाको पाख्रीवासमा भव्यताका साथ शान्ति सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ ।

गिरीजा प्रसाद कोईराला फाउण्डेसन (G.P. foundation) जिल्ला समिति धनकुटा प्रदेश १ को आयोजनामा सञ्चालित कार्यक्रममा वोल्दै फाउण्डेसनका प्रदेश नं १ का अध्यक्ष ईन्दिरा थापाले यो फाउण्डेसनले गर्दै आएको र भावि दिनमा गर्ने कामहरुको वारेमा जानकारी गराउनुभयो ।

उहाँले यो फाण्डेसन मार्फत धनकुटा जिल्लाका लागि धेरै योजना सञ्चालन गर्न वजेट परेको वताउदै पौष १० गते देखि १२ गते सम्म पाख्रीवासमा जिल्ला स्तरिय गिरीजा प्रसाद कोईराला मेमोरियल गोल्डकप आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगिताका विजयी प्रथम समूहले नगद १ लाख १ हजार, दोश्रो हुनेले नगद ५५ हजार र तेश्रो हुनेले नगद ११ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् । गिरीजा प्रसाद कोईराला फाउण्डेसनका जिल्ला अध्यक्ष गणेश चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेसनका प्रदेश १ का सदस्य गंगाराम ढुङ्गानाले स्व. कोईरालाको व्यक्तित्वको वारेमा चर्चा गर्दै उहाँले मार्ग निर्देश गर्नुभएको शान्ति र लोकतन्त्रको जगमा टेकेर अहिले देश अघि वढिरहेको वताउनुभयो ।

स्व. कोईरालाँले तत्कालिन समयमा द्धन्दरत पक्ष र राज्यका अन्य पक्षसँग शान्ति सम्झौताका लागि खेल्नुभएको भूमिकाको स्मरण गर्दै उहाँ हक्की एवम् वचनको प्रतिद्ध नेताको रुप रहनुभएको ढुङ्गानाले उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, पूर्व क्षेत्रिय सभापति चुडामणी धमला, सदस्य ज्ञान वहादुर गुरुङ,गिरीजा प्रसाद कोईराला फाउण्डेसन पाख्रीवास नगर सभापति जयन्द्र घिसिङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका नगर उपसभापति प्रेम भण्डारीले गर्नुभएको थियो । स्वागत मन्तव्य सुनिता मोक्तानले राख्नुभएको थियो ।

यसैवीच सोही कार्यक्रमको अवसरम गिरीजा प्रसाद कोईराला फाउण्डेसन पाख्रीवास नगर समितिको पदस्थापन पनि गरिएको छ । जयन्द्र घिसिङको अध्यक्षतामा गठित फाउण्डेसनको नगर समितिका १३ जना कार्य सदस्य र अन्य आमन्त्रित सहित २७ जना रहेकाछन् । कार्यक्रममा विभिन्न स्थानियतहका नेपाली कांग्रेसका पार्टी प्रतिनीधि,वडा समितिका सभापति,भातृ संगठनका प्रतिनीधि तथा फाउण्डेसनका पदाधिकारीहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖