सोनाम ल्होछारको अ वसरमा प्र वासी तामाङ समाज कतारले बृ हत साँ स्कृतिक कार्यक्रम गर्दै

कतार । नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछारको अवसर पारेर आयोजना गर्न लागिएको बृहत साँस्कृतिक कार्यक्रम-२०२० का लागि विभिन्न विधाका चार जना कलाकारहरू आउने भएको छ ।

कार्यक्रमका लागि तामाङ कलाकार सङ्घ अध्यक्ष गायक तथा सङ्गीतकार सञ्जीव वाइबा, प्रथम आइडल बुद्ध लामा,सेलो गायिका अञ्जु थोकर र गायक राम गोम्जा कतार आउने समाजका अध्यक्ष धिरन तामाङले जानकारी दिए ।

सामजले यसपटक साङ्गीतिक क्षेत्रमा झण्डै तीन दशकका अनुभव रहेका कलाकारदेखि केही वर्षअघि टेलिभिजन रियालीटी शोबाट उदयका कलाकारलाई समेत निमन्त्रणा गरेको छ ।

कार्यक्रममा टेलिभिजन रियालीटी शो नेपाल आइडलबाट उदयका बुद्ध लामा (बोम्जन) समाजको बृहत साँस्कृतिक कार्यक्रमको मेरुदण्ड हुनसक्ने छ । उनले मुलधारका गीतहरू बढी गाएकाले कार्यक्रमको मेरुदण्ड हुनसक्ने कतारमा रहेका नेपालीहरुको भनाइ छ । आयोजकले भने रोजगारीका लागी कतार आइपुगेका तामाङहरुलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

बुद्ध प्रथम नेपाल आइडलका बिजेता हुन् । पुरानो घर धादिङ रुभिभ्याली भएका बुद्ध हाल पोखरा महानगरपालिकाको नयाँ बजारमा बस्छन् । नेपाल आइडलबाट आफू चिनिए पनि साङ्गितिक क्षेत्रमा २०६५ सालदेखि नै लागेको बुद्ध बताउँछन् । आइडल बिजेतापश्चात् बुद्धले डेढ दर्जनभन्दा धेरै देश घुमिसकेका छन् ।

साँढे २ दशकअघि विक्रम संवत् २०५० बाट साङ्गीतिक यात्रा सुरु गरेका काभ्रेपलाञ्चोकका गायक, सङ्गीतकार र शब्दकार सञ्जीव वाईबा तामाङलाई समेत निमन्त्रणा गरेको छ । वाइबा, तामाङ कलाकार सङ्घको अध्यक्ष वर्तमान अध्यक्ष हुन् । चौंरी देउराली गाउँपाली-७ मादन कुडारीका पुरानो घर भएका वाइबा हाल भक्तपुरस्थित सूर्यविनाय नगरपालिका-८,दार्जीलिङ हाइटमा बस्छन् ।

आधा दर्जन देशहरूमा साङ्गीतिक यात्रा गरिसकेका वाइबाको कतार भने पहिलोपटक हो । उनले १५०भन्दा धेरै गीतहरुमा आवाज भरिसकेको छ । वाइबा सङ्गीत र गीत आफै सृजना समेत गर्छन् ।

झण्डै डेढ दशक अघिसम्म नुवाकोट, धादिङ, रसुवामा मात्र सीमित म्हेन्दोमाया गीतसङ्गीत पछिल्लोपटक संसारभरि फैलिएको छ । संसारभर फैलाउन योगदान दिने मध्येका एक धादिङ खनियाबास-५ का म्हेन्दोमाया गायक राम गोम्जा हुन् । उनले २०६४ सालामा `सेम्ला नेन´बाट साङ्गीतिक यात्रा सुरु गरेको थियो । उनको विदेश साङ्गीतिक यात्रा यो पहिलोपटक हो ।

विशेष गरेर सेलो गायिका भनेर चिनाउन मन पराउने अञ्जु थोकर समाजले निमन्त्रणा गरेको एकमात्र गायिका हुन् । थोकर सिन्धुली सुनकोसी गाउँपालिका-७ नागीकी हुन् । ४ वर्षअघि साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी थोकरले सयौं गीतमा आवाज दिइसकेकी छिन् । छोटो समयमा धेरै गीत गाएकी थोकरको विदेश साङ्गीतिक यात्रा कतार पहिलो भएको बताउछिन् ।

कार्यक्रम नेपाल प्रवासी तामाङ समाज कतारले यही आउदो जनवरी २४ तारिख शुक्रबार दोहाको मिसाइदस्थित अम्वाज क्याम्प – २मा गर्ने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।