यसकारण गगन थापा भोली धनकुटा आऊने
धनकुटा खबर, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली यूवानेता गगन थापा भोली मंगलबार धनकुटाको बेलाहारा आउने भएका छन् ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा न ९ ले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न नेता थापा आउने भएका हुन् । पछिल्लो राजनैतिक अवस्थाको बिषयमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस वडा समितीले जनाएको छ ।
नेता थापा जिल्लाका अन्य कार्यक्रमा भने सहभागि नहुने नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले जानकारी दिनु भयो ।



