प्रधानमन्त्रीलाई अ’हंकारको सिढीवाट ओ’र्लन गगन थापाको आग्रह
धनकुटा खबर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफु स्वास्थ्यमन्त्री हुँदा कुनैपनि नागरिक सरकारी अस्पतालमा खल्तीको पैसा खर्च गर्न नपरोस भन्ने कानून ल्याएको तर वर्तमान सत्ताधारीले त्यो कानून पालना नगराएको दावी गर्नुभएको छ ।
मंगलबार धनकुटाको वेलहारामा आयोजना गरिएको आमसभालाई सम्वोधन गर्दै नेता थापाले यस्तो बताउनु भएको हो । नेता थापाले प्रधानमन्त्रीलाई अ हंकारको सिढीवाट ओ र्लनका लागि आग्रह गरेका थिए ।
मुलुकलाई अहंकार र षड्यन्त्रको समाज वन्नवाट रोक्नुपर्ने तडकारो परिस्थिती सृजना हुँदै गएको तर्फ चिन्ता व्यक्त गर्दै कम्यूनिष्टको सरकार ढुकुटीमा भएको पैसा वाढ्न सक्ने तर ढुकुटी भर्ने क्षमता भने नभएको आरोप समेत लगाए ।

सत्तामा रहेका प्रधानमन्त्री मन्त्रीहरुले विदेशमा सामान्य भन्दा सामान्य उपचार गर्नका लागि सरकारी खर्चमा जाने गरेका छन् त्यो राष्ट्रको ढुकुटीवाट स्वास्थ्य उपचार गराउनु अपराध भएको समेत बताए । “नेपाललाई मान्छे वेच्ने देशवाट सामान वेच्ने वनाउनुपर्ने थियो सेवा वेच्ने देश वनाउनुपर्ने थियो तर दुईवर्षमा यो सरकारले काठमाण्डौको खाल्डो समेत पुर्न सकेको छैन” उनले भने कार्यक्रममा नेकपा लगायत विभिन्न दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका तीन सय ७५ जना भन्दा वढीलाई अविर र माला लगाई थापाले नेपाली कांग्रेसमा प्रवेश समेत गराएका थिए ।
नेपाली कांग्रेस धनकुटा नगरपालिकाका वडा न ९ को आयोजनामा सम्पन्न भएको आमसभामा नेपाली कांग्रेस धनकुटाका उपसभापति नविनकिशोर शाक्य, प्रदेश सभासद लिला सुव्वा, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष हिमा चेम्जोङ्ग, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु लगायतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा सभापति प्रेम खत्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


