सा’ईप्रसमा एक नेपाली विद्यार्थीद्धारा आ’त्मह’त्या – अपडेट
दिनेश हरिजन, साईप्रस । साईप्रस देशको पापोस शहरमा एक नेपाली विद्यार्थीले आ त्म ह त्या गरेका छन । नेपालको झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्की हिजो आइतबार बिहान आफ्नो कोठामा झु न्डि एको अ वस्थामा मृ त पाइएको साइप्रस प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलयका अनुसार मृ तकले आ त्म ह त्या गरेको जानकारी दिएको छ । ६ महिना अघि विद्यार्थी भिसामा आएका कार्की निकोसिया सहरको सिटि युनिटि कलेजमा अध्ययनका लागि आएका थिए ।
परिवारको आर्थिक स्थिति कमजोर भएको र यहा काम पाउन समस्या परेकोले मानसिक त नावको कारण हुन सक्ने अनुमान गरिएको साईप्रस प्रहरीले जानकारी दिएको छ । मृ तकको पोस्ट मार्टम को रिपोर्ट अहिले सम्म आएको छैन।

